नेपाल क्यान्सर निवारण प्रतिष्ठानको क्यालेण्डर सार्वजनिक
नेपाल क्यान्सर निवारण प्रतिष्ठानले २०८३ सालको क्यालेन्डर एक भव्य कार्यक्रमबीच सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर लोकार्पण समारोह विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अग्रज व्यक्तिहरू, स्वास्थ्य क्षेत्रका विज्ञ, समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
संघीय संसदको सांसदहरु इन्दिरा राना मगर, डा. धनञ्जय रेग्मी, भरत गिरी, रमेश कुमार मल्ल, क्षितिज थेबे, रिना उपे्रती (केसी), राधिका रम्तेल र अम्बिका देवी संगौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वल्र्ड बुक अफ् रेर्कडका प्रमुख कार्यकारी सन्तोष शुक्ला, विक्रम त्रिबेदी, वरिष्ठ समाजसेवी सुरबहादुर श्रेष्ठ र समाजसेवी प्रकाशकाजी शाक्य अतिथिका रुपमा सहभागी थिए । अतिथिहरूले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धिमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानले क्यान्सर पीडितहरूको सहयोग, उपचार पहुँच विस्तार तथा जनचेतना अभियानमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो । सम्मानित व्यक्तित्वहरूले यस्तो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी सचेतना फैलाउनुका साथै प्रतिष्ठानका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने रहेको आयोजकले जनाएको छ । क्यालेन्डरमा स्वास्थ्यसम्बन्धी सन्देश, क्यान्सर रोकथामका उपाय तथा महत्वपूर्ण जानकारीहरू समेटिएको बताइएको छ । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
यसैबीच नेपाल क्यान्सर निवारण प्रतिष्ठानले नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । प्रतिष्ठानले सामाजिक सद्भाव र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, चिकित्सक, समाजसेवी तथा प्रतिष्ठानसँग आवद्ध सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई सकारात्मक ऊर्जा र सेवा भावका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका पदाधिकारीहरूले क्यान्सर जस्तो जटिल रोगविरुद्ध जनचेतना फैलाउने कार्यलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरे । साथै, आगामी दिनमा निःशुल्क स्वास्थ्य शिविर, सचेतना कार्यक्रम तथा सहयोगात्मक अभियानहरू सञ्चालन गर्ने जानकारी पनि दिइयो ।विमोचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहभागीहरूले कार्यक्रमलाई फलदायी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित: 2026-05-04