GOODWILL AMB. - SHRISTI KHADKA
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानले सद्भावना दूतमा ‘मिस पोखरा–२०२४’ सृष्टि खड्कालाई नियुक्त गरेको छ । प्रतिष्ठानले ‘द हिडन ट्रेजर’का निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उनलाई सदभावना दूतमा नियुक्त गरेको हो ।
खड्काले प्रतिष्ठानको सद्भावना दूत नियुक्ती हुन पाउँदा खुसी लागेको बताइन् । ‘मिस पोखरा २०२४, इभेन्ट फोर यु’का अध्यक्ष विशाल गुरुङ्गले प्रतिष्ठानले सद्भावना दूतको रुपमा सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानका परिवारलाई धन्यवाद समेत दिए । कार्यक्रममा दिवाकर राजकर्णिकारले यस क्यान्सर निवारण प्रतिष्ठानले सामाजिक सेवामा एउटा आयाम थप्ने कार्य गरिरहेको र धेरै भन्दा धेरै जनमानसमा यसको प्रचारात्मक कार्य गरिरहेको बताए।
कार्यक्रममा वरिष्ठ ¥यापर गायक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, प्रतिष्ठानका सद्भावना दूत मिस मंगोल–२०२४ एन्जल राई, मिस हङकङ अन्जना पुन २०२४, मिस नेवाः २०१३ सुदिना श्रेष्ठ, अफिसियल कोरियोग्राफर मिस पोखरा, सिनियर मिडिया पर्सनालिटि जैन सुब्बा मानन्धर, इन्जिनियर जुनु त्वायना, सन्नी सुब्बा, पदम सागर कक्षपति, संजय शाही, जगत नारायण महर्जन, अन्जना शाक्य, मिस पोखरा २०१८ सारा बजिमय, दिनेश शाक्य, विवेक मानन्धर, सिद्ध वाग्ले, पिन्की चौहान लगायतको उपस्थिति थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष फूपु तेन्जिङ्ग शेर्पाले सम्पूर्ण आगन्तुकहरुलाई स्वागत मन्तव्य राखेकी थिइन् भने प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ गीतकार, समाजसेवी हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । यस कार्यक्रममा प्रतिष्ठानबाट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्य गर्दै आइरहेको श्रद्धा क्षेत्रीले जानकारी दिएकी थिइन् ।
२०८१ साल मंसीर २५ गते