Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

टिजिज फार्मा र मेडिक्वेष्ट ल्यावबीच सम्झौता

नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)सँग सहकार्यमा इमेज एफएम ९०.९ मा प्रसारण हुने Bring da House down with Nirnaya NSK कार्यक्रमको २७औं वार्षिकोत्सवको अवसरमा विश्व क्यान्सर दिवस र अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको अवसरमा स्तन र पाठेघरको क्यान्सर सम्बन्धी जागरूकता अभिमुखीकरण स्क्रिनिङ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।


नक्सालको टंगालस्थित होटल होलि डे इनमा आयोजना भएको कार्यक्रममा विशेषगरी महिला प्रस्तोता कलाकारहरू (गायिकाहरू), सौन्दर्य प्रतियोगिता विजेताहरू तथा सञ्चारकर्मी व्यक्तित्वहरूलाई लक्षित गरी डिजाइन गरिएको थियो ।


नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा सिफारीस गरिएका क्यान्सरग्रस्त विरामीलाई नेपालकै पहिलो एन्टी क्यान्सर औषधीका उत्पादक टिजिज फार्माद्वारा विशेष सहुलियत दिने सम्झौता भएको छ ।


कार्यक्रममा इमेज ग्रुप अफ कम्पनी र मेडिक्वेष्ट ल्याव बिच इमेजका कर्मचारीहरुलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने सम्झौता भएको थियो ।
उक्त कार्यक्रममार्फत स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्नुका साथै समयमै पहिचान र रोकथामको महत्वबारे कार्यक्रममा डा। समिम अख्तरले जानकारी दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल तथा विशेष अतिथिमा इमेज गु्रप अफ कम्पनीका अध्यक्ष दिरेकलाल श्रेष्ठ, न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ रहेका थिए भने कार्यक्रम नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको अध्यक्षतामा समापन भएको थियो ।


२०८२ साल फागुन १ गते 

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts