Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

मिस नेपाल हङकङ इन्टरनेशनल’ दीपमाला खरेल सद्भावना दूतबाट सम्मानीत

नेपाल क्यान्सर निवारण प्रतिष्ठानले काठमाडौंमा एक समारोहबिच ‘मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६’ दीपमाला खरेललाई सद्भावना दूत नियुक्त गरेको छ ।


अर्बुद रोगको उपचारात्मक सुविधा सर्वसुलभ गराउने र आधुनिक प्रतिकारात्मक उपायद्धारा रोगको रोकथामका अतिरिक्त रोग लाग्न नदिने उपायहरुको खोजीको पवित्र उद्देश्य लिएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानको महाअभियानमा सहभागी भएपछि दीपमालाले भनिन्, ‘नेपाल क्यान्सर निवारण प्रतिष्ठानको महाअभियानमा हातेमालो गर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।’ उनले जनजनमा क्यान्सरको सचेतना फैलाउने र्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।


न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘मिस मंगोल नेपाल–२०२४’ एन्जल राई, प्रतिष्ठानका कार्यक्रम प्रमुख युबिका श्रेष्ठ, अभिषा रसाइँली, रामकृष्ण गर्तौला, रश्मी खरेल, अन्जनादेवी बज्राचार्य, श्रद्धा क्षेत्री, अखबार टुडेका सम्पादक, एमपी सुब्बा एवं हिपहप सम्राट तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठको उपस्थिति रहेको थियो ।


प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ट सञ्चारकर्मी हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिलसागर कटुवालले उद्घोण गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले उपस्थित अतिथिहरुलाई धन्यवाद दिँदै प्रतिष्ठानले गर्दै आएको कामकारबाही र उद्देश्यबारे आफ्नो स्पष्ट पारेका थिए ।

२०८२ साल चैत्र १९ गते

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts