नेपाल क्यान्सर निवारण प्रतिष्ठान ले नयाँ वर्ष २०८३ को अवसरमा ज्याकेट र स्टिकर लन्च
नेपाल क्यान्सर निवारण प्रतिष्ठान ले नयाँ वर्ष २०८३ को अवसरमा विशेष समारोह विच कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिष्ठानले सामाजिक सद्भाव र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, चिकित्सक, समाजसेवी तथा प्रतिष्ठानसँग आवद्ध सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई सकारात्मक ऊर्जा र सेवा भावका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका पदाधिकारीहरूले क्यान्सर जस्तो जटिल रोगविरुद्ध जनचेतना फैलाउने कार्यलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरे । साथै, आगामी दिनमा निःशुल्क स्वास्थ्य शिविर, सचेतना कार्यक्रम तथा सहयोगात्मक अभियानहरू सञ्चालन गर्ने जानकारी पनि दिइयो ।
विमोचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहभागीहरूले कार्यक्रमलाई फलदायी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।
19th Baisakh 2083