निःशुल्क आँखा शिविर सम्पन्न, २५० विद्यार्थीले गराए आँखा जाँच
काठमाडौँ । सामाजिक सेवाको भावनाले काठमाडौँको जैसीदेवलस्थित श्री कुमारी स्कूलमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौँ ह्याप्पीनेस र लियो क्लब अफ काठमाडौँ ह्याप्पीनेसको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठान, दृष्टि आई केयर सिस्टम, आई केयर सेन्टर (डल्लु चौतारा) र श्री कुमारी स्कूलको सहकार्यमा सञ्चालित उक्त शिविरमा कुल २५० जना विद्यार्थीहरूको निःशुल्क आँखा जाँच तथा परामर्श सेवा प्रदान गरियो ।
कार्यक्रमको मुख्य संयोजक राकेश महर्जन तथा अध्यक्ष शरद रञ्जितकारको संयोजनमा आयोजना गरिएको यस शिविरमा विद्यार्थीहरूलाई आँखा सम्बन्धी जनचेतना तथा दृष्टि परीक्षण सेवा उपलब्ध गराइएको थियो ।
कार्यक्रममा दृष्टि आई केयरका तर्फबाट सुधिल शर्मा, अप्टिकल प्रोफेसनल एसोसिएसन अफ नेपालका तर्फबाट उमेश तुलाधर, र आई केयर सेन्टरका तर्फबाट रुकेश शाक्यको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, लायन्स क्लब अफ काठमाडौँ कोर सिटीका अध्यक्ष अमित बज्राचार्य, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरिगोपाल प्रधान तथा प्रमुख कार्यक्रम अधिकृत युविका श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठान, दृष्टि आई केयर सिस्टम, अप्टिकल प्रोफेसनल एसोसिएसन अफ नेपाल र आई केयर सेन्टर (डल्लु चौतारा) को प्राविधिक तथा सामाजिक सहयोगमा सम्पन्न यस शिविरले बालबालिकाहरूमा देखिने दृष्टि सम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा सहयोग पुर्याउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।