Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

विश्व धूम्रपानरहित दिवसको अवसरमा क्यान्सरसम्बन्धी प्रशिक्षण तथा जनचेतना कार्यक्रम

काठमाडौं । काठमाडौं नेपाल क्यान्सर निवारण प्रतिष्ठान, मेडी क्वेस्ट प्रयोगशाला क्लिनिक र नेसफिल्ड इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा विश्व धुम्रपानरहित दिवसको अवसर पारेर क्यान्सर तथा धुम्रपानका दुष्प्रभावसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कक्षा सम्पन्न गरिएको छ ।

नेसफिल्ड इन्टरनेशनल कलेज, लगनखेल, ललितपुरमा आयोजित कार्यक्रममा क्यान्सर रोगको रोकथाम, प्रारम्भिक पहिचान तथा धुम्रपानका कारण स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा डा. समीम अख्तरले (सिनियर मेडिकल अनकोलोजिस्ट) क्यान्सर सम्बन्धी प्रशिक्षण प्रदान गर्दै स्वस्थ जीवनशैली अपनाउनुका साथै धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा कलेजका विद्यार्थी तथा शिक्षकहरु सरिता सिलवाल, नम्रता सिंह क्षेत्री, नबिना बस्नेत, जय ढकाल, शोभा कुमारी दाहाल, कृति सिकर्मी, सुप्रीना राजवंशी, स्नेहा मानन्धर, सन्ध्या श्रेष्ठ, अन्जना तामाङ, रिजन महर्जन, सयम राजथला, युनिक थापा, सुवोध शाक्य, निश्चल ढकाल, प्रतिक अधिकारी, ज्योति राना मगर, एड्रिना थापा, अनिता तामाङ, सोनिया महर्जन, निकिता श्रेष्ठ, अनिला तुलाधर, मेलिना शाक्य, कन्चन गदाल, आयुषा थापा, उमा कार्की, पुजा पोखरेल, दिया आचार्य, सुस्मिका तामाङ, शिक्षा तण्डुकार, सेल्जा शाक्य, सुजता बस्नेत, सुभना मगर, विशाल बस्नेत, श्रीराज राना मगर, देव तामाङ, अवाउट नापित, प्रिया घिसिङ, कुसुम तामाङ, रिद्धिमा बज्राचार्य, हसिना परियार, बसन्त भण्डारी, प्रवेचन शाक्य, सावित्रा तिवारी, सोनिया नेमकुल, रिया राई, आयाम श्रेष्ठ, रिशव रावल, सौरभ गौतम, कलिसा महर्जन, सिल्पा थापा मगर, आयुषा राई, सुजिता मगर, लिला बुढाथोकी, अम्बिका खत्री, समिक्षा सञ्जेल, लकीर श्रेष्ठ, प्रिन्स बिक्रम लामा, जेनिश शिल्पकार, आयान श्रेष्ठ, विनय राई, आर्जन थापा, सुवर्ण न्यौपाने, श्रेयम केसी, विलाप बिष्ट, स्मारिका थापा मगर, निर्जला शाक्य, सुगिना शाक्य, युना श्रेष्ठ, आर्दश थापा, दिपक योङहाङ, राहुल यादव, योगेश ठाकुर, आर्दश ढुङ्गेल, अनिल तामाङ, उद्धव दाहाल, एलिस सिलवाल, सुरोसा घिमिरे, सोनिम राई, बेदना श्रेष्ठ, पुष्पा तामाङ, प्रसना राई, क्रिशल केसी, आयुष खड्का, अस्मित रेग्मी, सुवास पुन मगर लगायतका उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, कोषाध्यक्ष फुपु तेन्जिङ शेर्पा, न्हूज ः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, कार्यक्रमका चिफ प्रोग्राम अफिसर युबिका श्रेष्ठ, मेडी क्वेस्ट प्रयोगशाला क्लिनिकका मार्केटिङ अपरेटिभ हेल्थ आस्था पोखरेल, नेसफिल्ड इन्टरनेशनल कलेजका प्रधानाध्यापक अरुण कुमार केसी, सहायक प्रधानाध्यापक कमल बहादुर केसी साथै लियो क्लब अफ काठमाडौँ ह्यापिनेसका अध्यक्ष विभिषा गुरुङ, सचिव अल्का कुस्मी र सदस्य राहुल डंगोलको उपस्थिति रहेको थियो । लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका कार्यालय सहायक अभिषा रसाइली तथा फोटोग्राफर रामकृष्ण गत्तौला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका आयोजकहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले युवापुस्तामा क्यान्सर तथा धुम्रपानका जोखिमबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि विद्यालय, कलेज तथा समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइएको थियो ।

17 Jestha 2083

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts