‘मिसेस एण्ड मिस डिसएबिलिटी क्विन नेपाल-२०२६’को उपाधि तिला बस्याल र उमा भुजेललाई
ललितपुर । ग्रीन आर्टस् मिडिया प्रा.लि. को आयोजनामा तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५एफ को प्रस्तुतिमा आयोजित मिसेस एण्ड मिस डिसएबीलिटि क्वीन नेपाल २०२६ को उपाधि क्रमशः तिला बस्याल र उमा भुजेलले जितेका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बुधबार सम्पन्न प्रतियोगितामा तिला बस्यालले मिस डिसएबीलिटि क्वीन नेपाल २०२६ को उपाधि हात पारिन् भने उमा भुजेलले मिसेस डिसएबीलिटि क्वीन नेपाल २०२६ को उपाधि जितिन् । त्यस्तै, निरुता मगर (रामेछाप)ले फस्ट रनर अप तथा खेन्दो तामाङ (बुढानीलकण्ठ) ले सेकेन्ड रनर अपको उपाधि प्राप्त गरे ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई विभिन्न सब टाइटल्स् बाट समेत सम्मान गरिएको थियो । जसअन्तर्गत बेस्ट हेयर– रेश्मा राई (दमक, झापा), बेस्ट स्माइल – भावना भाट (अछाम), मोस्ट टयालेन्टेड – तिला बस्याल (धाङ), मोस्ट डिसिप्लेन्ड – उमा भुजेल (काभ्रे), बेस्ट स्किन – सञ्जु मगर (दमक, झापा) र मोस्ट फ्रन्डली – टीना बलायर (डोटी) घोषित भए ।
त्यसैगरी, मोस्ट फोटोजेनिक – निरुता मगर (रामेछाप), मोस्ट ब्यूटीफुल – अमृता कुमारी थारु (नेपालगञ्ज), मोस्ट कन्फीडेन्ट – करिना तामाङ (काभ्रे), बेस्ट पर्सनालिटि – दीपा गुरुङ (धादिङ), मोस्ट हम्बल – रिना पन्त (गोरखा), मोस्ट करेजियस – कोपिला दुलाल (काभ्रेपलाञ्चोक), बबलि पर्सनालिटि – खेन्दो तामाङ (बुढानीलकण्ठ), बेस्ट पर्फमेन्स – अम्बिका भण्डारी (गुल्मी) तथा मोस्ट इन्स्पाइरिङ्ग – उर्मिला चौधरी (धनगढी) घोषित भए ।
कार्यक्रमकी प्रोग्राम डाइरेक्टर तथा कोरियोग्राफर अनिला श्रेष्ठ रहेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५एफ का डिस्ट्रीक गर्भनर लायन अजय प्रसाद खनाल तथा विशिष्ट अतिथि माननीय गंगा छन्त्याल, आदिवासी महिलाहरु, अपाङ्गता भएकी व्यक्ति तथा उद्यमीको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा दिवस योन्जन हे अफ पार्टिसिपेन्ट्स एण्ड ग्रोथ, एलसीसीआई ग्लोबल क्वालिफिकेसन, तथा हस्पिटालिटि कन्सल्टेन्ट रोहिया महर्जन, डान्स कोरियोग्राफर तथा फाउन्डर, नेपा डान्स एकेडेमी आकाश मगर अभिनेता र सानी सुब्बा शेर्पा, निर्देशक आइआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन तथा शेर्पा समूहका निर्देशक रहेका थिए ।
अपाङ्गता भएका महिलाहरूको प्रतिभा, आत्मविश्वास, सौन्दर्य, क्षमता र नेतृत्वलाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले ‘क्षमता नै पहिचान हो’ भन्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत सहभागीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा समाजमा सकारात्मक पहिचान स्थापित गर्ने अवसर प्रदान गरिएको थियो ।
कार्यक्रमको अफिसियल फोटोग्राफी दिशान भिजुयलस् साथै उक्त कार्यक्रम वरिष्ठ कोरियोग्राफर रोजिन शाक्यले गरेको थियो ।