Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आर्थिक सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आर्थिक सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल क्यान्सर निवारण प्रतिष्ठानलाई रु. १,००,००० (एक लाख) आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचान तथा रोकथाम, साथै क्यान्सर प्रभावित व्यक्ति तथा समुदायलाई सहयोग पुर्‍याउने प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न प्रदान गरिएको हो।

यस सहयोगले स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वप्रति सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिबद्धतालाई उजागर गर्नुका साथै क्यान्सरविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन दुवै संस्थाबीचको सहकार्यलाई सुदृढ बनाएको छ।