तत्वधानमा क्यान्सर जागरण अभियान (John D.B School)
नेपाल क्यान्सर निवारण प्रतिष्ठान, काठमाडौं क्यान्सर सेन्टर, निर्णय एनएसके टुर फर एजुकेशन र रातोचन्द्रसूर्य।डट कम को संयुक्त तत्वधानमा स्तन क्यान्सर जागरण महिना अन्तर्गत जोन डि वी हाईएर सेकेन्डरी स्कुलमा उत्पे्ररणा कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाहरुद्वारा क्यान्सर उत्पे्ररणा रोकथामको लागि विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा अघि बढाइरहेको बारेमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले जानकारी गराउनु भयो र यस उत्पे्ररणामूलक कार्यक्रमलाई नेपाली जनसमुदायहरु माझ ससक्त रुपमा अघि बढाई क्यान्सर रोगलाग्नुका कारण, रोकथाम र रोग लागिसकेपछि गरिने उपचारात्मक उपायहरु बारेमा वरिष्ठ उपाध्यक्ष निर्णय ९एन एस के० ले विस्तृत रुपमा जनाउनु भएको छ ।
जोन डि वी स्कूलमा आयोजित कार्यक्रमलाई मेडिकल अनकोलोजिष्ट डा। रजनी झाले आफ्नो प्रस्तुतीद्वारा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई क्यान्सर सम्बन्धी आफ्नो विचार राख्नु भएको थियो । अन्त्यमा विद्यार्थीहरुको प्रश्नहरु सम्बोधन गरी सत्रको अन्त्य गरिएको थियो ।
कार्यक्रमलाई नेपाल क्यान्सर निवारण प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष सागर कट्वालले उद्घोषण गर्नुभएका साथै काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट सुभाष खड्का र आकाश राज झाले सहयोगीको भूमिका निभाउनु भएको थियो । जोन डि वी सकेन्डरी स्कूलको तर्फबाट प्रधानाध्यापक उर्वसी सुब्बा र कोओर्डिनेटर गोकुल घिमिरेले कृतज्ञता ज्ञापन गर्दै क्यान्सर निवारणको लागि सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०८२ साल कार्तिक १४ गते ।