Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

MOU with AARAWAN TECH

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (NCNP) आरावन टेक प्रा ली(AT) बीच सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा आदानप्रदान गर्न सम्झौता भएको छ। उक्त सम्झौताअनुसार नेपाल क्यान्सर निवारण प्रतिष्ठान का सदस्य, कर्मचारी तथा सिफारिस गरिएका व्यक्तिहरूले आरावन टेक प्रा लीका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

नेपाल क्यान्सर निवारण प्रतिष्ठान २०८१ सालमा स्थापना भएको गैरनाफामूलक संस्था हो, जसले क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि काम गर्दै आएको छ। यस संस्थाले क्यान्सर सचेतना अभिवृद्धि, शीघ्र पहिचान, बिरामी सहयोग, नीति वकालत तथा नेपालभर स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ। नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर विरुद्धको लडाइँमा ठूला उपलब्धिहरू हासिल गर्ने लक्ष्यसहित काम गरिरहेको छ।

आरावन टेक प्रा ली ( https://aarawan.com )ले डिजिटल सेवाका विभिन्न क्षेत्रमा कार्य गर्दै आएको छ। व्यावसायिक डिजिटल समाधानमा केन्द्रित रहेर काम गर्ने यस कम्पनीले वेबसाइट विकास, एप विकास, कस्टम सफ्टवेयर विकास, सामाजिक सञ्जाल व्यवस्थापन, प्रदर्शनात्मक मार्केटिङ, अडियोरभिडियो उत्पादन लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ। यो सम्झौतामार्फत आरावन टेक प्रा लीले नेपाल क्यान्सर निवारण प्रतिष्ठान सँग सहकार्य गर्दै समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त सम्झौतामा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नीरनया श्रेष्ठ र उपाध्यक्ष सागर कटवाल तथा आरावन टेक प्रा लीका प्रमुख कार्यकारी अधिकृत (CEO) दिलीप पौडेल र प्रमुख प्रविधि अधिकृत (CTO) भुवन पौडेल ले हस्ताक्षर गरेका छन्।

नेपाल क्यान्सर निवारण प्रतिष्ठान र आरावन टेक प्रा लीबीचको यो सहकार्यले नेपालमा क्यान्सर रोकथाम तथा सचेतना अभियानलाई थप सशक्त बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

 रातोचन्द्रसुर्य डेस्क

 प्रकाशित: 2025-01-31

 

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts