Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

MOU with OM SAMAJ DENTAL

काठमाडौं, ओम समाज डेन्टल हस्पिटल र नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) बीच स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरे र मोहम्मद सज्जन सिद्दीकी मङ्गरले हस्ताक्षर गरेका छन्। नेपाल क्यान्सर निवारण प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरि गोपाल प्रधान वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, ओम समाज डेन्टल हस्पिटलले विशेष छुटमा दन्त सेवा प्रदान गर्नेछ। त्यस्तै, अस्पतालले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निःशुल्क दन्त उपचार पनि प्रदान गर्ने सहमति जनाएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका डिजिटल कन्टेन्ट र ब्रान्ड डिजाइनर सरजू अधिकारी र पेसेन्ट रिलेसन काउन्सलर शान्ता अर्यालको समेत उपस्थिति थियो। नेपाल क्यान्सर निवारण प्रतिष्ठानका उपाध्यक्ष सागर कटवाल र प्रमुख कार्यक्रम अधिकृत सुदिना श्रेष्ठको उपस्थिति पनि महत्वपूर्ण रहेको थियो।

कार्यक्रममा दुवै संस्थाले नेपालका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा पनि छलफल गरेका थिए। ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरेले यो सहकार्य दन्त स्वास्थ्य सेवा थप सर्वसुलभ बनाउने र क्यान्सर रोकथाम तथा जनचेतनामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। एनसीएनपीका अध्यक्ष हरि गोपालले आर्थिक रूपमा कमजोर वर्गलाई निःशुल्क उपचार प्रदान गर्ने यो कदम निकै सकारात्मक रहेको बताए।

ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण र विशेषज्ञहरूको टोलीसँग दन्त स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ भने नेपाल क्यान्सर निवारण प्रतिष्ठान क्यान्सर रोकथाम र बिरामीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। यो सम्झौताले दुवै संस्थाको उद्देश्यलाई अघि बढाउन थप मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।

 रातोचन्द्रसुर्य डेस्क

 प्रकाशित: 2025-01-22

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts