Nepal Cancer Niwaran Diary Launch
नेपाल क्यान्सर निवारण प्रतिष्ठान को आयोजनामा नयाँ वर्ष २०८३ को अवसर पारेर डायरी लोकार्पण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका माननीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानले आफ्नो वार्षिक डायरी सार्वजनिक गर्दै क्यान्सर सचेतना, रोकथाम तथा उपचारसम्बन्धी सन्देशहरू समाजमा फैलाउने उद्देश्य रहेको जनाएको थियो । सो अवसरमा स्वास्थ्य, सामाजिक सेवा तथा जनचेतनामूलक कार्यमा महत्वपूर्ण योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिले क्यान्सर जस्तो जटिल रोगसँग जुध्न जनचेतना, समयमै परीक्षण र उपचारको पहुँच विस्तार आवश्यक रहेको उल्लेख गर्दै प्रतिष्ठानको प्रयास सराहनीय रहेको बताए । अन्य वक्ताहरूले पनि यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका पदाधिकारीहरूले आगामी दिनमा पनि क्यान्सर नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
19th Baisakh 2083