Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

WORLD CANCER - WALKATHON

काठमाडौं, माघ २८ – विश्वव्यापी क्यान्सर सचेतना अभिवृद्धिका लागि आयोजित ‘वर्ल्ड क्यान्सर वाक’ आज भक्तपुर दरबार स्क्वायरमा भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम २६ देशका ३६५ भन्दा बढी सहरमा एकसाथ आयोजना भइरहेको छ। नेपालमा यस कार्यक्रमको आयोजना काठमाडौं केयर सेन्टर लगायत क्यान्सर सपोर्ट एन्ड अवेयरनेस नेपाल, नेपाल सीनियर केयर, आईआईएफटी स्कूल अफ फेशन एन्ड इन्टेरियर डिजाईन, रोट्र्याक्ट किष्ट मेडिकल कलेज, निर्णय एन एस के (NSK) टुर फर एजुकेशन, र ई-प्लानेट प्राइवेट लिमिटेड जस्ता संस्थाहरुले गरेको हो।

कार्यक्रममा नेपाली चर्चित बरिष्ठ कलाकार,निर्देशक दीपाश्री निरौला, काठमाडौं केयर सेन्टरका डा. सिमित सापकोटा, प्रशासन प्रमुख बर्षा कोईराला, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, उपाध्यक्ष सागर कटवाल, कोषाध्यक्ष डॉ. सरीशा श्रेष्ठ मिस नेपाल अर्थ २०२२, रोट्र्याक्ट किष्ट मेडिकल कलेजकी डा. आराधना जैसवाल लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

विशेष गरी कार्यक्रमलाई थप उत्साहपूर्ण बनाउन भक्तपुरको ख्वप कलेजका विद्यार्थीहरू पनि सहभागी भएका थिए। उनीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो समर्थन जनाउँदै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले। उनीहरुको सहयोगले यो अभियानलाई अझ प्रभावकारी र सफल बनाउनमा मद्दत पुर्याएको छ।

दीपाश्री निरौलाले क्यान्सरबारे जनचेतना जगाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा राखिन्। डा. सिमित सापकोटाले समयमै स्वास्थ्य परीक्षण र क्यान्सर रोकथामका उपायहरूबारे जानकारी प्रदान गरे।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले नेपालमा यस्ता विश्वव्यापी अभियानको साझेदार बन्न पाउनु गौरवको कुरा भएको बताए। डा. अराधना जैसवालले युवाहरूको सक्रिय सहभागिताले क्यान्सरको रोकथाममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

काठमाडौं केयर सेन्टरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। भक्तपुर दरबार स्क्वायरको सांस्कृतिक महत्त्वबीच सम्पन्न यो कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सहभागीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो प्रतिबद्धता जनाउँदै वाकलाई सफल बनाएका छन्।

 रातोचन्द्रसुर्य डेस्क

 प्रकाशित: 2025-01-12

 

NCNP

NCNP

Nepal Cancer Niwaran Pratisthan (NCNP) is a non-profit established in 2081 B.S. (2024) in Nepal, br

Related Posts