Events

  1. Home
  2. Events
विश्व धुम्रपानरहित दिवसको अवसरमा सचेतना कार्यक्रम
Contact Person: Yubikaa Shrestha
Location: Shristi Academy - Mid Baneshwor
Start: Jun 01, 2026
End: Jun 01, 2026
Phone: 4522888
Category: Public Awareness

विश्व धुम्रपानरहित दिवसको अवसरमा सचेतना कार्यक्रम

नेपाल क्यान्सर निवारण प्रतिष्ठान, मेडी क्वेस्ट प्रयोगशाला क्लिनिक र शृष्टि एकेडेमी मिट बानेश्वर, काठमाडौँको समन्वयमा विश्व धुम्रपानरहित दिवसको अवसरमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरु सारा घिमिरे, जुनु अङबुहाङ, रिता गुरुङ, एलिसा ग्राली, कमला सापकोटा, विभिक भुटिया, सुरेन्द्र तिमल्सिना, नरनाथ आचार्य, लगायत विद्यार्थीहरु अमर राउत, प्राणेश मतान्या राई, अर्निष कार्तिक, अभि राज पन्त, शुभम् शाक्य, अनुष्का शाह, थिया श्रेष्ठ, आर्य शाह, प्राजक्ता श्रेष्ठ, निमिषा ताम्राकार, आहाना शाह, जावेशा दाहाल, मिशिका कार्की, आशुतोष श्रेष्ठ, अजिन राज काफ्ले, अर्नाब श्रेष्ठ काव्य श्री नेपाल, अमृता राउत, प्रसिद्धि पाण्डे, षोडशी प्रधान, सनोबर, लोचनी भट्टराई, परिधि तण्डुकार, सोरेन श्रेष्ठ, अंशु महर्जन, मयंक शाह, आराव घिमिरे, आयाम निरौला, लेस्ली भुटिया, जोसिया शंकर, अघ्रित शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. समीम अख्तर (सिनियर मेडिकल अनकोलोजिस्ट) ले सुर्तीजन्य पदार्थका कारण क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी समस्या लगायत विभिन्न जटिल रोगहरू लाग्न सक्ने भएकाले बालबालिका तथा युवापुस्ताले यस्ता पदार्थबाट टाढा रहनुपर्नेमा जोड दिएका थिए । विश्व धुम्रपानरहित दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको हानिकारक असरबारे जनचेतना फैलाउनु र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु भएको थियो ।

अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले धूम्रपान, सुर्तीजन्य पदार्थको लत, त्यसबाट हुने स्वास्थ्य समस्या तथा रोकथामका उपायबारे जिज्ञासा राखेका थिए । डा. समीम अख्तरले विद्यार्थीका प्रश्नहरूको उत्तर दिँदै स्वस्थ जीवनशैली, नियमित व्यायाम तथा सकारात्मक सोचको महत्वबारे जानकारी गराएका थिए ।

कार्यक्रममा डा. सरिशा श्रेष्ठ र डा. सुमना केसीले विद्यार्थीहरूलाई धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वास प्रणालीमा पार्ने असरबारे व्यवहारिक रूपमा प्रदर्शन गर्नुभएको थियो । उहाँले एक विद्यार्थीको मुखमा पाइप राखी र अर्को विद्यार्थीलाई पाइप बिना नै फुक्न लगाएर फोक्सो तथा श्वासप्रश्वास प्रक्रियामा हुने फरकबारे बुझाउनुभएको थियो । उक्त प्रदर्शनमार्फत धूम्रपानका कारण श्वासनली साँघुरिने, फोक्सोको कार्यक्षमता घट्ने तथा शरीरमा आवश्यक मात्रामा अक्सिजन पुग्न कठिन हुने अवस्थालाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो ।

यस अभ्यासले विद्यार्थीहरूलाई धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले दीर्घकालीन रूपमा श्वासप्रश्वासमा नकारात्मक प्रभाव पार्ने, फोक्सोसम्बन्धी विभिन्न रोगको जोखिम बढाउने तथा दैनिक जीवनमा समेत शारीरिक क्षमता कमजोर बनाउने तथ्यबारे प्रत्यक्ष अनुभूति दिलाएको थियो । प्रदर्शनपछि विद्यार्थीहरूले जिज्ञासा राख्दै धूम्रपानबाट हुने स्वास्थ्य समस्याबारे थप जानकारी लिएका थिए भने स्वस्थ जीवनशैली अपनाउनुपर्ने सन्देश पनि प्राप्त गरेका थिए ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एन. एस. के), महासचिव डा. सरिशा श्रेष्ठ, डा. सुमना केसी, न्हूज ः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, कार्यक्रमका चिफ प्रोग्राम अफिसर युबिका श्रेष्ठ, मेडी क्वेस्ट प्रयोगशाला क्लिनिकका मार्केटिङ संयोजक आस्था पोखरेल, विद्यालयका प्रधानाध्यापक भानी प्रधान, संयोजक रक्षा गिरी कार्की लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका कार्यालय सहायक अभिषा रसाइली तथा फोटोग्राफर रामकृष्ण गर्ताैलाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा सहभागी विद्यालय लगायत डाक्टरलाई मायाको चिनो प्रदान गरिएको थियो । आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति जिम्मेवार सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, आगामी दिनहरूमा पनि विद्यालयस्तरमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

 

प्रकाशित: 2026-06-02

Kathamdu

Changa-Chet Cancer awareness with …

Oct 17, 2024 10:00 AM - 03:00 AM
Cancer Awareness at Samata School, Bouddha, Kathmandu, Nepal

Cancer Awareness at Samata School

Dec 29, 2024 08:00 AM - 12:00 PM
Pesicola, Kathmandu Nepal

Cancer Prevention Workshop

Jan 22, 2025 06:00 AM - 06:00 PM
Golden Peak School, Saraswatinagar Rd, Kathmandu

Cancer Awareness at Golden Peak Sc…

Jan 24, 2025 02:00 AM - 06:00 AM
Sankhamul, Kathmandu Nepal

Cancer Awareness Walkathon

Jan 24, 2025 12:00 PM - 06:00 PM
Thapathali, Kathmandu Nepal

Free Cancer Screening Health Camp

Jan 24, 2025 12:00 PM - 06:00 PM
Kathmandu Global School, Gongabu, Ring Road, Kathmandu, Nepal

Cancer Awareness at Kathmandu Glob…

Jan 25, 2025 11:00 AM - 03:00 AM
Kathmandu

Calendar launch event 2082

Apr 28, 2025 08:00 AM - 08:00 AM