Events

  1. Home
  2. Events
दक्षिणकालीमा निःशुल्क मोतिबिन्दु परीक्षण शिविर सम्पन्न
Contact Person: Yubikaa Shrestha
Location: Dakshinkali-6
Start: Apr 25, 2025
End: Apr 25, 2025
Phone: 01-4522888
Category: Public Awareness

दक्षिणकालीमा निःशुल्क मोतिबिन्दु परीक्षण शिविर सम्पन्न

काठमाडौं, दक्षिणकाली नेपाल क्यान्सर निवारण प्रतिष्ठान, फाइट फर लाइफ नेपाल तथा मातृका आई सेन्टरको संयुक्त आयोजनामा दक्षिणकाली नगरपालिका वडा नं. ६ मा निःशुल्क मोतिबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरको सभाध्यक्षता नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा दक्षिणकाली नगरपालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखासम्बन्धी परीक्षण गरिएको थियो। कार्यक्रममा डा. पुष्पा मरासिनी, डा. सुलक्षण वाइबा लगायतका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। साथै विभिन्न सामाजिक संस्था तथा लायन्स क्लबका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत बिरामीहरूलाई निःशुल्क आँखाको परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो। अध्यक्ष हरि गोपाल प्रधानले यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा दीप प्रज्वलन, स्वागत मन्तव्य तथा राष्ट्रिय गानसँगै विभिन्न औपचारिक कार्यक्रमहरू सम्पन्न भएका थिए।

 

२०८२ साल बैशाख १२ गते ।

Kathmandu

Calendar launch event 2082

Apr 28, 2025 08:00 AM - 08:00 AM